कोरोनाभाइरस (कोभिड १९) बाट निको हुनेको संख्या २६ लाख बढि
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १६, शुक्रबार

विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५९ लाख नाघेको छ । अहिलेसम्ममा कुल संक्रमित संख्या ५९ लाख ४५ हजार २ सय १६ पुगेको छ ।
३ लाख ६२ हजार ९ सय २१ जनाको भने संक्रमणका कारण मृत्यु भएको छ ।
त्यस्तै निको हुनेको संख्या पनि २६ लाख नाघिसकेको छ । अहिलेसम्ममा २६ लाख ८ हजार ३ सय ६९ जना यस संक्रमणबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ८३ हजार बढिले स्वास्थ्य लाभ गरेका छन् ।
संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या १७ लाख ७१ हजार ६ सय ३१ पुगेको छ । तीमध्ये १ लाख ३ हजार ४ सय १८ जनाले ज्यान गुमाइसके ।
यहाँ हालसम्म ४ लाख ९९ हजार १ सय १३ जनाले कोरोनालाई जितेका छन् ।
दक्षिण अमेरिकी देश ब्राजिलमा दिनहुँ ठुलो संख्यामै नयाँ संक्रमितहरु थपिने क्रम जारी नै छ ।
यहाँको कुल संक्रमित संख्या ४ लाख ३८ हजार ८ सय १२ पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा मात्र २४ हजार १ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । जुन अहिले सम्मको उच्च हो ।
निको हुनेको संख्या भने २ लाख नजिक पुगेको छ । हालसम्म १ लाख ९३ हजार १ सय ८१ जना कोरोना संक्रमणबाट निको भएका छन् । २६ हजार ७ सय ६४ जनाले ज्यान गुमाइसके ।
रसियामा ३ लाख ८७ हजार ६ सय २३ जना संक्रमितमध्ये ४ हजार ३ सय ७४ जनाले ज्यान गुमाइसके । १ लाख ५९ हजार २ सय ५७ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।
स्पेनमा २ लाख ८४ हजार ९ सय ८६ जना संक्रमित हुँदा १ लाख ९६ हजार ९ सय ५८ जना निको भएका छन् । २७ हजार १ सय १९ जनाको भने मृत्यु भएको छ ।
बेलायतमा २ लाख ६९ हजार १ सय २७ जना संक्रमितमध्ये ३७ हजार ८ सय ३७ जनाको मृत्यु भइसकेको छ ।
इटालीमा २ लाख ३१ हजार ७ सय ३२ जना संक्रमितमध्ये ३३ हजार १ सय ४२ जनाको मृत्यु भएको छ । १ लाख ५० हजार ६ सय ४ जना निको भएका छन् ।
फ्रान्समा १ लाख ८६ हजार २ सय ३८ जना संक्रमित हुँदासम्म ६७ हजार १ सय ९१ जनाले भाईरससँगको लडाईँ जितेका छन् । २८ हजार ६ सय ६२ जनाको ज्यान गएको छ ।
जर्मनीमा १ लाख ८२ हजार ७ सय १० जनालाई कोरोना संक्रमण भइसकेको छ भने १ लाख ६४ हजार एक सय जना उपचारपछि निको भएका छन् । ८ हजार ५ सय ७७ जनाको मृत्यु भएको छ ।
छिमेकी राष्ट्र भारत भने एशियामै सबैभन्दा बढि संक्रमण भएको राष्ट्र बन्न पुगेको छ । यहाँ संक्रमितको संख्या चाइनकोभन्दा दोब्बर नाघिसकेको छ ।
भारतमा १ लाख ६९ हजार ११ जनामा संक्रमण फैलिँदा ७२ हजार ५ सय ४३ जनाले कोरोनाभाइरसलाई हराएका छन् ।
संक्रमितको संख्या दोब्बर बढि हुँदा पनि मृत्यु हुनेको संख्या भने चाइनको भन्दा केही मात्र बढि छ । भारतमा ४ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ ।
अद्यावधिक तथ्याङ्क अनुसार अहिलेसम्म संक्रमित कुल संख्या मध्ये ४३.८७ प्रतिशत उपचार पछि निको भएर घर फर्केका छन् । ६.१० प्रतिशतले ज्यान गुमाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय