arin enterprises

कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट निको हुने २७ लाख नजिक

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १७, शनिबार

विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ६० लाख नाघेको छ । अहिलेसम्ममा कुल संक्रमित संख्या ६० लाख ६६ हजार ८ सय ६३ पुगेको छ ।

निको हुनेको संख्या पनि दिनहुँ बढ्दो दरमै छ । अहिलेसम्ममा २६ लाख ८६ हजार ४ सय ४ जना यस संक्रमणबाट निको भएका छन् । 

३ लाख ६७ हजार ५ सय ५८ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या १८ लाखको नजिक पुगेको छ । यहाँ १७ लाख ९७ हजार २५ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । तीमध्ये १ लाख ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाइसके ।

यहाँ निको हुनेको संख्या भने ५ लाख नाघेको छ । हालसम्म ५ लाख १९ हजार ७ सय १५ जनाले कोरोनालाई जितेका छन् । 

ब्राजिलमा कुल संक्रमित संख्या ४ लाख ६८ हजार ३ सय ३८ पुग्दासम्म १ लाख ९३ हजार १ सय ८१ जना निको भएका छन् । २७ हजार ९ सय ४४ जनाले ज्यान गुमाइसके ।

रसियामा ३ लाख ९६ हजार ५ सय ७५ जना संक्रमितमध्ये ४ हजार ५ सय ५५ जनाको मृत्यु भएको छ । १ लाख ६७ हजार ४ सय ६९ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।

स्पेनमा २ लाख ८५ हजार ६ सय ४४ जना संक्रमित हुँदा १ लाख ९६ हजार ९ सय ५८ जना निको भएका छन् । २७ हजार १ सय २१ जनाको भने मृत्यु भएको छ ।

बेलायतमा २ लाख ७१ हजार २ सय २२ जना संक्रमितमध्ये ३८ हजार १ सय ६१ जनाको मृत्यु भइसकेको छ ।

इटालीमा २ लाख ३२ हजार २ सय ४८ जना संक्रमितमध्ये ३३ हजार २ सय २९ जनाको मृत्यु भएको छ । १ लाख ५२ हजार ८ सय ४४ जना निको भएका छन् । 

फ्रान्समा १ लाख ८६ हजार ८ सय ३५ जना संक्रमित हुँदासम्म ६७ हजार ८ सय ३ जनाले भाईरससँगको लडाईँ जितेका छन् । २८ हजार ७ सय १४ जनाको ज्यान गएको छ ।

जर्मनीमा १ लाख ८३ हजार एक सय १३ जनालाई कोरोना संक्रमण भइसकेको छ भने १ लाख ६४ हजार ९ सय जना उपचारपछि निको भएका छन् । ८ हजार ५ सय ९८ जनाको मृत्यु भएको छ ।

छिमेकी राष्ट्र भारतमा १ लाख ७५ हजार ९ सय ५७ जनामा संक्रमण फैलिँदा ८३ हजार ८ सय ७८ जनाले कोरोनाभाइरसलाई हराएका छन् । यहाँ मृत्यु हुनेको संख्या ५ हजारको नजिक पुगेको छ । भारतमा अहिलेसम्ममा ४ हजार ९ सय ९६ जनाको मृत्यु भइसकेको छ । 

अद्यावधिक तथ्याङ्क अनुसार अहिलेसम्म संक्रमित कुल संख्या मध्ये ४४.२८ प्रतिशत उपचार पछि निको भएर घर फर्केका छन् । ६.०५ प्रतिशतले ज्यान गुमाएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय