संक्रमित ६२ लाख नाघ्दासम्म निको हुने २७ लाख बढि
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १८, आइतबार

कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको विश्वभरीमा संख्या ६२ लाख नाघेको छ । विश्वभरिमा कोभिड १९ बाट संक्रमित संख्या ६२ लाख २ सय ४२ पुगेको छ ।
निको हुनेको संख्या २७ लाख ६१ हजार ८ सय ८७ जना पुगेको छ भने ३ लाख ७१ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ ।
संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या १८ लाखको नाघेको छ । यहाँ संक्रमितको संख्या १८ लाख १९ हजार ७ सय ९२ पुगेको छ । तीमध्ये १ लाख ५ हजार ६ सय ३४ जनाले ज्यान गुमाइसके ।
हालसम्म ५ लाख ३५ हजार ३ सय ७९ जनाले कोरोनालाई जितेका छन् ।
दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमितको संख्या ५ लाख नाघेको छ । ब्राजिलमा ५ लाख एक हजार ९ सय ८५ पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा मात्रै ३० हजार एक सय २ जना नयाँ संक्रमित थपिएको छ, जुन अहिलेसम्मकै उच्च हो ।
२८ हजार ८ सय ७२ जनाले ज्यान गुमाउँदासम्म निको हुनेको संख्या भने २ लाख नाघेको छ । यहाँ २ लाख ५ हजार ३ सय ७१ जना कोरोना संक्रमणबाट निको भएका छन् ।
रसियामा संक्रमितको संख्या ४ लाख बढि रहेको छ । यहाँ ४ लाख ५ हजार ८ सय ४३ जना संक्रमितमध्ये ४ हजार ६ सय ९३ जनाले ज्यान गुमाइसके । १ लाख ७१ हजार ८ सय ८३ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।
स्पेनमा २ लाख ८६ हजार ३ सय ८ जना संक्रमित हुँदा १ लाख ९६ हजार ९ सय ५८ जना निको भएका छन् । २७ हजार एक सय २५ जनाको भने मृत्यु भएको छ ।
बेलायतमा २ लाख ७४ हजार ७ सय ६२ जना संक्रमितमध्ये ३८ हजार ४ सय ८९ जनाको मृत्यु भइसकेको छ ।
इटालीमा २ लाख ३२ हजार ६ सय ६४ जना संक्रमितमध्ये ३३ हजार ३ सय ४० जनाको मृत्यु भएको छ । १ लाख ५५ हजार ६ सय ३३ जना निको भएका छन् ।
फ्रान्समा १ लाख ८८ हजार ६ सय ६४ जना संक्रमित हुँदासम्म ६८ हजार २ सय ६८ जनाले भाईरससँगको लडाईँ जितेका छन् । २८ हजार ७ सय ७१ जनाको ज्यान गएको छ ।
छिमेकी राष्ट्र भारत कोरोना संक्रमणबाट बढि प्र्रभावित मूलुकमध्ये आठौं स्थानमा पुगिसकेको छ । यहाँ १ लाख ८६ हजार ३ सय २१ जनामा संक्रमण फैलिँदा ८८ हजार ८ सय ८ जनाले कोरोनाभाइरसलाई हराएका छन् ।
मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । यहाँ ५ हजार २ सय ६९ जनाको मृत्यु भइसकेको छ ।
जर्मनीमा १ लाख ८६ हजार ३ सय ७० जनालाई कोरोना संक्रमण भइसकेको छ भने एक लाख ६५ हजार २ सय जना उपचारपछि निको भएका छन् । ८ हजार ६ सय २ जनाको मृत्यु भएको छ ।
संक्रमणबाट प्रभावित दशौं मूलुक टर्किमा १ लाख ६३ हजार एक सय ३ जना संक्रमितमध्ये एक लाख २६ हजार ९ सय ८४ जना निको भएका छन् । ४ हजार ५ सय १५ जनाले भने मृत्युवरण गरिसके ।
अद्यावधिक तथ्याङ्क अनुसार अहिलेसम्म संक्रमित कुल संख्या मध्ये ४४.५४ प्रतिशत उपचार पछि निको भएर घर फर्केका छन् । ५.९९ प्रतिशतले ज्यान गुमाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय