कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ६३ लाख बढि
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १९, सोमबार

विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ६३ लाख नाघेको छ । हालसम्म विश्वभर ६३ लाख ३ हजार ९ सय २० जना संक्रमित भएका छन् ।
निको हुनेको संख्या २८ लाख ६७ हजार ५ सय ६५ पुगेको छ भने ३ लाख ७४ हजार ५ सय ५९ जनाको मृत्यु भएको छ ।
संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या १८ लाख ४१ हजार ३ सय ७५ पुगेको छ । तीमध्ये १ लाख ६ हजार २ सय ७० जनाले ज्यान गुमाइसके ।
निको हुने संख्या भने ६ लाख नाघेको छ । हालसम्म ६ लाख १ सय १७ जनाले कोरोनालाई जितेका छन् ।
ब्राजिलमा संक्रमण हुनेको संख्या ५ लाख १४ हजार ९ सय ९२ पुगेको छ । यहाँ २९ हजार ३ सय ४१ जनाले ज्यान गुमाए भने २ लाख ६ हजार ५ सय ५५ जना कोरोना संक्रमणबाट निको भएका छन् ।
रसियामा ४ लाख १४ हजार ८ सय ७८ जना संक्रमितमध्ये ४ हजार ८ सय ५५ जनाले ज्यान गुमाइसके । १ लाख ७५ हजार ८ सय ७७ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।
स्पेनमा २ लाख ८६ हजार ५ सय ९ जना संक्रमित हुँदा १ लाख ९६ हजार ९ सय ५८ जना निको भएका छन् । २७ हजार १ सय २७ जनाको भने मृत्यु भएको छ ।
बेलायतमा २ लाख ७४ हजार ७ सय ६२ जना संक्रमितमध्ये ३८ हजार ४ सय ८९ जनाको मृत्यु भइसकेको छ ।
इटालीमा २ लाख ३२ हजार ९ सय ९७ जना संक्रमितमध्ये ३३ हजार ४ सय १५ जनाको मृत्यु भएको छ । १ लाख ५७ हजार ५ सय ७ जना निको भएका छन् ।
छिमेकी राष्ट्र भारत कोरोना संक्रमणबाट बढि प्रभावित मूलुकमा सातौं स्थानमा पुगेको छ ।
यहाँ संक्रमितको संख्या २ लाखको नजिक रहेको छ । १ लाख ९४ हजार ५ सय ४ जना संक्रमित हुँदा ९३ हजार ३ सय ४३ जनाले कोरोनाभाइरसलाई हराएका छन् । ५ हजार ४ सय ४८ जनाले ज्यान गुमाइ सके ।
फ्रान्समा १ लाख ८८ हजार ८ सय ८२ जना संक्रमित हुँदासम्म ६८ हजार ३ सय ५५ जनाले भाईरससँगको लडाईँ जितेका छन् । २८ हजार ८ सय २ जनाको ज्यान गएको छ ।
जर्मनीमा १ लाख ८३ हजार ५ सय ६४ जनालाई कोरोना संक्रमण भइसकेको छ भने एक लाख ६५ हजार ९ सय जना उपचारपछि निको भएका छन् । ८ हजार ६ सय ५ जनाको मृत्यु भएको छ ।
संक्रमणबाट प्रभावित दशौं मूलुक पेरुमा १ लाख ६४ हजार ४ सय ७६ जना संक्रमितमध्ये ६७ हजार २ सय ८ जना निको भएका छन् । ४ हजार ५ सय ६ जनाले भने ज्यान गुमाइ सकेका छन् ।
हालसम्मको अद्यावधिक तथ्याङ्क अनुसार कुल संक्रमित संख्या मध्ये ४५.४८ प्रतिशत उपचार पछि निको भएर घर फर्केका छन् । ५.९४ प्रतिशतले ज्यान गुमाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय