विश्वमा संक्रमित संख्या ४ करोड ५९ लाख नाघ्यो
SamacharDesk – बिकाश | २०७७ कार्तिक १५, शनिबार

विश्वभरी कुल संक्रमित संख्या ४ करोड ५९ लाख ५६ हजार दुई सय ८३ पुगेको छ । ११ लाख ९४ हजार ५ सय ४९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने ३ करोड ३२ लाख ७५ हजार सात सय ६ जनाले कोरोनलाई जितिसके ।
कोरोनाबाट सबैभन्दा बढि प्रभावित देश संयुक्त राज्य अमेरीकामा संक्रमितको संख्या एक करोडको नजिक पुगिसकेको छ ।
अहिले यहाँको कुल संक्रमित संख्या ९३ लाख १८ लाख ४३ पुगेको छ भने २ लाख ३५ हजार एक सय ८० को मृत्यु भइसक्यो । ६० लाख २५ हजार दुई सय ९५ जनाले कोरोनालाई जितिसके ।
त्यस्तै छिमेकी राष्ट्र भारतमा हालसम्म ८१ लाख ३७ हजार एक सय १९ जना संक्रमित भइसके भने एक लाख २१ हजार ६ सय ८१ जनाले कोरोनाका कारण ज्यान गइसक्यो ।
कोरोना निको हुने दरमा भारत उच्च स्थानमा रहेको छ । यहाँ ७४ लाख ३२ हजार ८ सय २९ जना संक्रमित निको भइसके ।
भारतमा पछिल्लो २४ घन्टामा भारतमा ४८ हजार नयाँ संक्रमित थप भएका छन् भने ५ सय ५१ संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ५५ लाख १९ हजार ५ सय २८ जना संक्रमित भइसके भने एक लाख ५९ हजार ५ सय ६२ जनाको मृत्यु भइसक्यो । ४९ लाख ६६ हजार दुई सय ६४ जना निको भइसके ।
रसिया १६ लाख १८ हजार एक सय १६ जना कुल संक्रमितमध्ये २७ हजार ९ सय ९० को मृत्यु भइसक्यो भने १२ लाख १५ हजार ४ सय १४ जना निको भइसके ।
फ्रान्समा १३ लाख ३१ हजार ९ सय ८४ जनामा संक्रमण भएकोमा ३६ हजार ५ सय ६५ जनाले ज्यान गुमाइसके भने एक लाख १६ हजार ५ सय ३३ जना निको भइसके ।
युरोपियन मूलुकहरुमा संक्रमणको दोश्रो लहर शुरु भएसँगै संक्रमणको दर पनि बढ्दै गइरहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय