arin enterprises

नेपालगञ्जमा थप ६ जनामा देखियो कोरोना संक्रमण

SamacharDesk – विकाश | २०७७ बैशाख २१, आइतबार

बाँकेको नेपालगञ्जमा आजै थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

आजै दिउँसो मात्रै नेपालगञ्जमा ९ जनामा संक्रमण पुष्टि भएको थियो भने फेरी थप ६ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

नेपालगंजमा आज एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो  ।

तीन दिनअघि नेपालगञ्जमा कोरोना संक्रमण पुष्टि भएका ६० वर्षीय व्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । तीनै नमुनामा अहिलेसम्ममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तीमध्ये केहीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

आज संक्रमण पुष्टि हुनेमा ८ पुरुष र ७ महिला रहेका छन् । उनीहरु ७ देखि ६० वर्षसम्मका छन् । 

संक्रमितहरुलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेनमा राखिने बताइएको छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ।

संक्रमित भेट्टिएको डीएसपी रोड क्षेत्र र एकलैनी क्षेत्र अहिले सिल गरिएको छ ।

संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गरी सम्पर्कमा रहेकाहरुको खोजी थालिएको छ ।

आज नेपालगंजमा १५ जना र वीरगंजमा एक जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । 

तीमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

Categorized in राष्ट्रिय