arin enterprises

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

SamacharDesk – विकाश | २०७७ बैशाख २६, शुक्रबार

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा१६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप एक जनामा संक्रमण देखिएसँगै मुलुकमा संक्रमितको संख्या १०२ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

१०२ संक्रमितमा ७४ जना पुरुष छन् भने २८ जना महिला रहेको डा.देवकोटाले बताए ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङमा देवकोटाले कोशि अस्पतालमा उपचाररत आठ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आए पश्चात डिस्चार्ज गरिएको पनि जानकारी दिनुभयो ।

योसँगै उपचार पछि निको हुनेको संख्या ३० पुगेको छ । तीमध्ये ३ जनामा पुनः संक्रमण देखिएपछि उपचारको लागि अस्पताल भर्ना भएका छन् ।

उपचाररत सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। 

साथै, स्वीस विकास सहयोग एडिसि मार्फत स्वीस सरकारबाट सहयोग स्वरुप प्राप्त ३० हजार थान पिसिआर टेस्ट किट आजै प्रयोगशालामा पठाइसकेको जानकारी गराउँदै पिसिआर परिक्षणले अब गति लिने पनि देवकोटाले बताउनुभयो ।

Categorized in राष्ट्रिय