थप १३ जनामा कोरोना संक्रमण पुष्टि
SamacharDesk – विकाश | २०७७ बैशाख २९, सोमबार

नेपालमा आजै थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा कपिलवस्तु यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरु रहेका छन् ।
त्यसैगरी रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुष र बर्दिया राजपुर ५ का ११ वर्षीया बालिका छिन् ।
बर्दियामा पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।
नेपालमा आजै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने पछि फेरी रुपन्देहीमा एक जनामा संक्रमित देखिएका थिए ।
नेपालमा यति धेरै संख्यामा संक्रमण पुष्टि भएको पहिलो पटक हो ।
आज २४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या एक सय ३४ पुगेको छ ।
तीमध्ये ३३ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् भने निको हुनेमा ३ जनामा पुनः संक्रमण देखिएर अस्पताल भर्ना भएका छन् ।
Categorized in राष्ट्रिय