arin enterprises

एकैदिन ५७ जनामा संक्रमण पुष्टि

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ बैशाख ३०, मंगलबार

आज एकै दिन नेपालमा थप ५७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा ८ जना, रूपन्देहीमा ९ जना , पर्सामा ३९ जना र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन् । 

उनीहरू सबै पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबैस्वास्थकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले जनाएका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमित संख्या एक सय ९१ पुगेका छन् । तीमध्ये ३३ जना उपचार गरी घर फर्किएका छन् ।

पछिल्ला तीन दिन लगातार कोरोनाभाइरसका संक्रमित थपिरहेका छन् । यसअघि सोमबारमात्र  २४ जना कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका थिए ।

Categorized in राष्ट्रिय