arin enterprises

दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २१९ पुग्यो

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ बैशाख ३१, बुधबार

बुधबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार आज संक्रमण पुष्टि भएका दुवै पुरुष हुन् ।

कपिलवस्तु ५ निवासी २२ वर्षीय र बाँके नेपालगञ्ज उपमहानगरपालिका ८ का ३६ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको हो ।

बाँकेका युवकको धुलिखेल अस्पतालको प्रयोगशालामा र कपिलवस्तुका युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

उनीहरु दुबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय