थप ९ जनामा कोरोना संक्रमण पुष्टि
SamacharDesk – विकाश | २०७७ जेठ २, शुक्रबार

नेपालमा शुक्रबार विहानै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा १ जनामा र बाँकेमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
मकवानपुरमा एक जना पुरुष र बाँकेमा ८ जनामा पुरुषहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता समिरकुमारी अधिकारीले जानकारी दिएका छन् ।
मन्त्रालयबाट जारी विज्ञप्ती अनुसार मकवानपुरका ३७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
त्यसैगरी बाँके नैनापुर नगरपालिका १, ३ र ५ वडा निवासी १८, २०, २२, २७, ३२ र ३६ वर्षीय पुरुष एक एक जना, २५ वर्षीय पुरुष दुई जनामा संक्रमण पुष्टि भएको हो ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
सबैको स्वास्थ्य अवस्था सामान्य रहेको रस्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २५८ पुगेको छ ।
बाँकेमा थप भएका नयाँ कोरोना संक्रमितहरु दक्षिण भारतबाट आएकाहरु हुन् ।
उनीहरु भारतबाट गाउँपालिकाले बनाएको २ वटा क्वारेन्टाइनमा बसिरहेका थिए ।
Categorized in राष्ट्रिय