arin enterprises

नेपालमा संक्रमितहरु थपिँदै – कुल संक्रमित संख्या २७६

SamacharDesk – विकाश | २०७७ जेठ ३, शनिबार

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय कपिलवस्तुमा तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु शिवराज नगरपालिका, चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यसभन्दा अघि, आजै विहान ६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

आज विहान वर्दिया नार्खु–११ निवासी २८ वर्षीय महिला, सिराहा सखुवा १९ निवासी ३० वर्षीय पुरुष र पर्सा, विरगंज निवासी २८ र २९ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो ।

त्यसैगरी सर्लाही रामनगर ४ निवासी १८ वर्षीया महिला र चितवन गढौला १ निवासी २५ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा ती ६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज विहान ११ः३० बजेसम्ममा ९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।

तीमध्ये ३६ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने निको हुने ३ जनामा पुनः संक्रमण देखिएर अस्पतालमा उपचाररत छन् ।

Categorized in राष्ट्रिय