arin enterprises

नर्ससहित थप ३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २९५

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ४, आइतबार

आइतबार नेपालमा थप तीन जना कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ ३ जना संक्रमित मध्ये एकजना नर्स पनि रहेको खुलेको छ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीय नर्समा संक्रमण पुष्टि भएको हो ।

अर्को दुईजना संक्रमित विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन् । 

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमित ३ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ । जसमा दुईजनाको मृत्यु भइसकेको छ । 

आइतबार मात्रै बाँकेका २५ वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टि भएको हो । 

३६ जना निको भएका छन् भने तीमध्ये ३ जनामा पुनः संक्रमण देखिएर अस्पतालमा उपचाररत छन् ।

Categorized in राष्ट्रिय