थप ९ जनामा कोरोना संक्रमण पुष्टि
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ५, सोमबार

आज विहानै थप ९ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै थप ८ पुरुष र एक महिलामा संक्रमण देखिएको जनाएको छ ।
संक्रमित हुनेमध्ये ७ जना रौतहट इशनाथ नगरपालिकाका वडा नम्बर २, ३, ६ र ९ का वासिन्दा हुन् ।
सातै जना पुरुष रहेको र २१ देखि ३० वर्ष उमेरका रहेको मन्त्रालयले जनाएको छ ।
अर्का संक्रमित रौतहटकै माधबनारायण नगरपालिका ३ की बासिन्दा २८ वर्षीया महिला हुन् ।
यसैगरी बारा करैयामाई ५ का ३८ वर्षे पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणले उनीहरूमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले नयाँ संक्रमित ९ जनाकै अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ ।
यसैसँग नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ३०४ पुगेको छ । ती मध्ये ३६ जना उपचारपछि निको भइसके भने निको भएका ३ जनामा पुनः संक्रमण देखिएको छ ।
२ जनाको भने मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय