arin enterprises

एकैपटक ५३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७

SamacharDesk – विकाश | २०७७ जेठ ५, सोमबार

सोमबार बाँकेमा ४७ जना सहित एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

बाँकेमा मात्र ४७ जनाको साथै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप भएका नयाँ संक्रमितहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । 

मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. देवकोटाले संक्रमितहरुको स्थायी ठेगानाको साथै हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु भइसकेको बताए ।

बाँकेका ४७ जना संक्रमित मध्ये ४६ जना पुरुष र १ जना महिला रहेको छ । 

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५७ पुगेको छ । जसमध्ये २ दुईजनाको निधन भइसकेको छ भने ३६ जना उपचारपछि निको भएका छन् ।

निको हुनेमा ३ जनामा पुनः संक्रमण देखिएर हाल उपचाररत छन् ।

Categorized in राष्ट्रिय