झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि
SamacharDesk – विकाश | २०७७ जेठ ५, सोमबार

नेपालमा थप एक जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
झापाको कचनकवल गाउँपालिकाका २३ वर्षीय एक पुरुषलाई कोरोना संक्रमण भएको देखिएको हो ।
संक्रमण देखिने पुरुष भारतबाट लुकिछिपी शनिबार नेपाल छिरेको बताइएको छ ।
भारतबाट गाउँपालिका आएका ६० जनाको नमुना संकलन गरी परिक्षण गरिएकोमा एक जनाको नतिजा पोजेटिभ देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उनलाई बिराटनगरस्थित कोभिड अस्पतालमा पठाइएको छ ।
यसअघि आजै दिउँसोसम्ममा ६२ जना कोरोना थप भइसकेका छन् ।
झापामा भेटिएका पछिल्लो संक्रमित समेत गरेर नेपालमा कुल संक्रमित संख्या ३ सय ५८ पुगेको छ ।
Categorized in राष्ट्रिय