arin enterprises

थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३७५

SamacharDesk – विकाश | २०७७ जेठ ५, सोमबार

नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप संक्रमण पुष्टि हुनेमा अहिलेसम्म संक्रमण शुन्य भइरहेको कर्णाली प्रदेशलाई समेत छोएको छ ।

थप संक्रमण पुष्टि हुने सबै पुरुष रहेका छन् ।

बाँके नरैनापुरका १२, धनुषाका २ पुरुषको साथै खोटाङ हलेसी, दैलेख आठबिस–१, सुनसरी र झापाका का एक–एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

दैलेखमा कर्णाली प्रदेशको पहिलो संक्रमण भेटिएको हो । योभन्दा अघि, कर्णाली प्रदेशमा संक्रमण देखिएको थिएन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगंज, कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित संख्या ३ सय ७५ पुगेको छ । तीमध्ये ३७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Categorized in राष्ट्रिय