परिक्षण बढेसँगै संक्रमित संख्या पनि बढ्दै, संक्रमित संख्या ३९० पुग्यो
SamacharDesk – विकाश | २०७७ जेठ ६, मंगलबार

नेपालमा थप ११ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
झापामा ९ जना सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा झापाका ९ जनामा संक्रमण देखिएको हो ।
झापाका थप भएका नयाँ संक्रमित ९ जना सबै झापाको केचनकवल गाउँपालिकाका हुन् ।
सोमबार संक्रमण पुष्टि हुने यहिँका पुरुषको टोलका ३३ जनाको परीक्षणको क्रममा थप ९ जनाको परिक्षणको नतिजा पोजेटिभ आएको हो ।
उनीहरु भारतबाट आएको बताइएको छ ।
त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ ।
इटहरीका १८ वर्षका युवक र सशस्त्र प्रहरीका एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।
यसअघि आजै कपिलवस्तुमा ४ जनामा कोरोना संक्रमित पुष्टि भइसकेको छ । उनीहरू कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाका हुन् ।
मायादेवी गाउँपालिका वडा नं. ४ का ३ जना र वडा नं. ३ का एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु १४ दिन अघि मुम्वइबाट आई गाउँपालिकास्थित जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बसिरहेका थिए ।
क्वारेन्टाइनमा बसेका १६ जनामध्ये ४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ ।
Categorized in राष्ट्रिय