arin enterprises

थप २५ जनामा संक्रमण पुष्टि, ८ जना निको भए

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ७, बुधबार

नेपालमा बुधबार थप २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार थपिएका संक्रमितमध्ये १८ पुरूष छन् भने ७ महिला छन् ।

नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका ५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ ।

उनीहरु मध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् ।

१० जना महाराजगञ्ज गाउँपालिकाकामध्ये ३, ४ र ६ वर्षका बालिका समेत छन् ।

यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४२७ पुगेको छ । 

तीमध्ये ४५ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

आजै कोसी अस्पतालमा उपचाररत उदयपुरका ८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ड भएका छन् ।

दुई जनाको भने मृत्यु भएको छ ।

Categorized in राष्ट्रिय