थप १७ जनामा कोरोना संक्रमण, कूल संक्रमित संख्या ४४४
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ ८, बिहिबार

नेपालमा थप १७ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १५, सुनसरी धरानमा १ र धनकुटामा १ जनामासंक्रमण पुष्टि भएको हो ।
झापाका कचनकवल गाउँपालिका ३, ६, ८ निवासी १८, १८, १९, १९, २३, २३, २५, २६, २८, ३०, ३२, ३७, ४६ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको छ ।
त्यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुन्सरीका धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।
धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा १७ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित १७ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको र सबै जना स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेका छन् ।
योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमित हुनेहरुको संख्या ४ सय ४४ पुगेको छ ।
तीमध्ये ४५ जना निको भइसकेका छन् भने मृत्यु हुनेको संख्या २ रहेको छ ।
यसैबीच झापामा आज संक्रमण पुष्टि हुने १५ जना सबै भारतबाट फर्केकाहरु रहेको खुलेको छ । भारतमा मजदुर उद्धारका लागि भनेर रेल सेवा संचालन गरेकै समयमा उनीहरु नेपाल छिरेका थिए ।
त्यसैगरी धरानकि महिला पनि दिल्लीबाट फर्केकी बताइएको छ । आफन्त भेट्न दिल्लीमा आउजाउ गरिरहने उनी शंका लागेर परिक्षण गराउन उनी आफै अस्पताल पुगेकि थिइन् ।
धनकुटाका संक्रमित प्रहरी जवान रहेको जानकारीमा आएको छ । जिल्ला अस्पताल धनकुटामा कार्यरत रहँदा उनलाई संक्रमण भएको आशंका गरिएको छ ।
Categorized in राष्ट्रिय