थप ९ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ४५३
SamacharDesk – विकाश | २०७७ जेठ ८, बिहिबार

नेपालमा थप ९ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
झापा कचनकवल गाउँपालिकाका ८ जना र रुपन्देहीका एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
रुपन्देहीका २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटोले जानकारी दिएका छन् ।
कपिलवस्तुस्थित श्रीलंकन गेस्ट हाउस क्वारेन्टाइनमा बसिरहेका उनको पिसिआर परिक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको हो ।
त्यसैगरी झापा कचनकवल ८ जना पुरुषमध्ये १७, २३, ५२, ५५ वर्षीय एक÷एकजना र १८ र २० वर्षका दुई÷दुई जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उनीहरु सबै लक्ष्मी देवकोटा मावि क्वारेन्टाइन कचनकवल झापामा बसिरहेको बताइएको छ ।
नयाँ पुष्टि भएका संक्रमितहरुको हाल रहेको ठेगानामा इपिडिमियोलोजि र रोग नियन्त्रण महाशाखाबाट कन्ट्याक्ट ट्रेसिङको काम शुरु भइसकेको प्रवक्ता डा. देवकोटाले जनाउनुभएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ४ सय ५३ जना पुगेको छ । तीमध्ये ४९ जना सफल उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
आजमात्रै टेकु अस्पतालमा उपचाररत ४ जना निको भएर घर फर्केका छन् ।
३ जनाको भने मृत्यु भइसकेको छ । आजै विहान मात्र क्रिमसन अस्पताल रुपन्देही मणिग्रामस्थित क्रिमसन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
Categorized in राष्ट्रिय