थप ३ जनामा कोरोना संक्रमण पुष्टि
SamacharDesk – विकाश | २०७७ जेठ ८, बिहिबार

नेपालमा थप ३ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
बाँके नरैनापुरमा एक पुरष र एक महिला र कपिलवस्तुमा एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा बाँके नरैनापुर ३ का ३२ वर्षीय पुरुष र खजुरा ३ निवासी ४२ वर्षीया महिलाको साथै कपिलवस्तु शुद्धोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष रहेका छन् ।
भेरी अस्पताल नेपालगंज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ४५७ पुगेको छ । तीमध्ये ४९ जना निको भएर घर फर्किसकेका छन् ।
३ जनाको भने मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय