कोरोनाभाइरस अपडेट-संक्रमितको संख्या ३६ लाख बढि
SamacharDesk – विकाश | २०७७ बैशाख २३, मंगलबार

विश्वभरिमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ लाख ४६ हजार ८ सय ६५ जना पुगेको छ ।
यद्यपी नयाँ संक्रमित र मृतकको संख्या भने कम हुँदै गएको छ । उपचार पछि निको हुनेको संख्या पनि बढ्दैछ । निको हुनेको संख्या १२ लाख ५ सय ८३ जना पुगेको छ ।
मृत्यु हुनेको संख्या भने २ लाख ५२ हजार ४ सय ४२ जना पुगेको छ ।
सबभन्दा बढि संक्रमित अमेरिकामा देखिएको छ । अमेरिकामा यस रोगबाट संक्रमित हुनेको संख्या १२ लाख १२ हजार ९ सय ५५ पुगेको छ । न्यूयोर्कमा मात्रै संक्रमित हुनेको संख्या ३ लाख २७ हजार ३ सय ७४ जना पुगेको छ ।
निको हुनेको संख्या एक लाख ८८ हजार ६८ जना छन् भने ६९ हजार ९ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।
स्पेनमा २ लाख ४८ हजार ३ सय १ जना संक्रमितमा एक लाख ५१ हजार ६ सय ३३ जना निको भएका छन् । २५ हजार ४ सय २८ जनाको भने मृत्यु भएको छ ।
यस्तै इटलीमा २ लाख ११ हजार ९ सय ३८ जना संक्रमित भएकोमा २९ हजार ७९ जनाको मृत्यु भएको छ । ८२ हजार ८ सय ७९ जना निको भएका छन् ।
फ्रान्समा १ लाख ६९ हजार ६ सय ६२ जना संक्रमित हुँदा २५ हजार २ सय १ जनाको मृत्यु भएको छ । ५१ हजार ३ सय ७१ जना निको भएका छन् ।
जर्मनीमा १ लाख ६६ हजार १ सय ५२ जना संक्रमित हुँदा निको हुनेको संख्या १ लाख ३५ हजार १ सय जना रहेको छ । ६ हजार ९ सय ९३ जनाको भने मृत्यु भएको छ ।
Categorized in अन्तर्राष्ट्रिय