कोरोना अपडेट : संक्रमित ४० लाख नाघ्यो भने निको हुनेको संख्या १४ लाख बढि
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ बैशाख २७, शनिबार

विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या अहिलेसम्ममा ४० लाख ४३ हजार २ सय ५३ जना पुगेको छ ।
यसबाट मृत्यु हुनेको संख्या भने २ लाख ७७ हजार ०८ जना रहेको छ भने उपचार पछि निको हुनेको संख्या १४ लाख १२ हजार २ सय ७ जना रहेको छ ।
सबभन्दा बढि संक्रमित भने अहिले पनि अमेरिकामा देखिएको छ । अमेरिकामा यस रोगबाट संक्रमित हुनेको संख्या १३ लाख २४ हजार ६ सय ११ जना पुगेको छ ।
यो संख्यामा ३ लाख ३२ हजार ९ सय ३१ जना संक्रमित त न्यूयोर्कमा मात्रै रहेको छ ।
अमेरिकामा कुल संक्रमित मध्ये २ लाख २४ हजार ६ सय ९२ जनाले उपचार पछि स्वास्थ्य लाभ गरेका छन् भने ७८ हजार ७ सय ४० जनाले ज्यान गुमाइसकेका छन् ।
स्पेनमा २ लाख ६२ हजार ७ सय ८३ जना संक्रमितमा १ लाख ७३ हजार १ सय ५७ जना निको भएका छन् । २६ हजार ४ सय ७८ जनाको भने मृत्यु भएको छ ।
६ हप्ताको लकडाउन पछि केहि दिन अघिबाट स्पेनले लकडाउनलाई केही खुकुलो बनाएको छ । तर सार्वजनिक स्थानमा मास्क भने अनिवार्य गरेको छ ।
इटलीमा २ लाख १७ हजार १ सय ८५ जना संक्रमितमा ३० हजार २ सय १ जनाको मृत्यु भएको छ भने ९९ हजार २३ जना निको भएका छन् ।
बेलायतमा २ लाख १२ हजार ६ सय २९ जना संक्रमित हुँदा ३१ हजार ३ सय १३ जनाले ज्यान गुमाएका छन् । यूरोपिय मूलुकमा बेलायत यस भाइरसको संक्रमणको कारण सबभन्दा बढि मृत्यु भएको देश हो ।
बेलायतमा संक्रमण निको हुनेको संख्या भने निकै थोरै रहेको छ । त्यहाँ जम्मा ९ सय ८६ जना मात्र संक्रमण मुक्त हुन सफल भएका छन् ।
अप्रिलको अन्तिमसम्म कोरोनाभाइरसको खासै असर नदेखिएको रसिया अहिले भने कोरोनाबाट प्रभावित देशको सूचीमा रुस पाँचौं स्थानमा पुगेको छ ।
रसियामा १ लाख ९८ हजार ६ सय ७६ जना संक्रमित हुँदा ३१ हजार ९ सय १६ जना निको भएका छन् । त्यसैगरी १ हजार ८ सय २७ जनाले ज्यान गुमाइसकेका छन् ।
फ्रान्समा १ लाख ७७ हजार ९ सय ६३ जना संक्रमित हुँदा २६ हजार २ सय ७१ जनाको मृत्यु भएको छ । ५६ हजार ९ सय ४ जना निको भएका छन् ।
संक्रमणको रोकथाम र नियन्त्रणमा जर्मनीले राम्रो नतिजा दिन सफल भएको छ ।
जर्मनीमा १ लाख ७० हजार ५ सय ८८ जना संक्रमित हुँदा निको हुनेको संख्या १ लाख ४३ हजार ३ सय जना रहेको छ । ७ हजार ५ सय १० जनाको भने मृत्यु भएको छ ।
संक्रमितको संख्या बढेसँगै विश्वभरमा निको हुनेको दर पनि बढेको छ । अहिले कुल संक्रमितमध्ये ३४.९३ प्रतिशतले यो भाइरसलाई जितिसकेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय