arin enterprises

कोरोना अपडेट : संक्रमितको संख्या ४१ लाख नाघ्यो

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ बैशाख २८, आइतबार

विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४१ लाख ६ हजार ६ सय ३ जना पुगेको छ ।

यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ८० हजार ६ सय २४ पुग्दासम्म उपचार पछि निको हुनेको संख्या भने १४ लाख ५४ हजार ६९ जना रहेको छ ।

यस भाइरसबाट सबैभन्दा बढि प्रभावित देश अमेरिकामा संक्रमितको संख्या १३ लाख ४९ हजार ७ सय २५ जना पुगेको छ । 

निको हुनेको संख्या २ लाख ३९ हजार २३ जना छन् भने ८० हजार १ सय ५९ जनाले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा २ लाख ६२ हजार ७ सय ८३ जना संक्रमित हुँदा १ लाख ७३ हजार १ सय ५७ जना निको भएका छन् । २६ हजार ४ सय ७८ जनाको भने मृत्यु भएको छ । 

इटलीमा २ लाख १८ हजार २ सय ६८ जना संक्रमितमा ३० हजार ३ सय ९५ जनाको मृत्यु भएको छ भने १ लाख ३ हजार ३१ जना निको भएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढि मृत्यु हुने यूरोपीय मूलुक बेलायतमा २ लाख १६ हजार ५ सय २६ जना संक्रमित हुँदा ३१ हजार ६ सय ५९ जनाले ज्यान गुमाएका छन् ।

यहाँ जम्मा एक हजार ६ जनाले मात्र यो भाइरसलाई जित्न सफल भएका छन् । 

अहिले कोरोनाभाइरस संक्रमणको हटस्पट बनेको मूलुक रसियामा १ लाख ९८ हजार ६ सय ७६ जना संक्रमित हुँदा ३१ हजार ९ सय १६ जना निको भएका छन् । 

त्यसैगरी १ हजार ८ सय २७ जनाले ज्यान गुमाइसकेका छन् ।

फ्रान्समा १ लाख ७८ हजार ६ सय ८५ जना संक्रमित हुँदा २६ हजार ३ सय ५२ जनाको मृत्यु भएको छ । ५७ हजार ३ सय ३ जना निको भएका छन् । 

कोरोना भाइरस संक्रमणमा उदाहरण बनेको यूरोपिय मूलुक जर्मनीमा १ लाख ७१ हजार ३ सय २४ जना संक्रमित मध्ये १ लाख ४३ हजार ३ सय जना निको भएका छन् । 

७ हजार ५ सय ४९ जनाको भने मृत्यु भएको छ ।

भारतमा ६२ हजार ९ सय ३९ संक्रमित हुँदासम्म १९ हजार ३ सय ५८ जना उपचार पछि निको भएका छन् । दुइ हजार १ सय ९ जनाले भने ज्यान गुमाइसके ।

अहिलेसम्मको तथ्याङ्क अनुसार कुल संक्रमित संख्याको ३५.४१ प्रतिशतले यो संक्रमणलाई जितेर स्वास्थ्य लाभ गरेका छन् भने ६.८३ प्रतिशतले ज्यान गुमाएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय