कोरोना अपडेट : संक्रमित ४२ लाखको नजिक पुग्दा निको हुने १५ लाख नाघ्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ बैशाख २९, सोमबार

विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्यासँगै निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ । कतै संक्रमण नियन्त्रण प्रभावकारी रुपमा भएको समाचार आउँदैछ त कतै संक्रमणको संख्या दिनानुदिन बढ्दैछ ।
हालसम्म विश्वभरीमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४१ लाख ८५ हजार ८ सय २५ जना पुगेको छ ।
मृत्यु हुनेको संख्या २ लाख ८४ हजार ४३ पुग्दासम्म उपचार पछि निको हुनेको संख्या भने १५ लाख २ हजार ६ सय २१ जना रहेको छ ।
यस भाइरसबाट सबैभन्दा बढि प्रभावित देश अमेरिकामा हालसम्म १३ लाख ७० हजार ७१ जना पुगेको छ । निको हुनेको संख्या २ लाख ५७ हजार २ सय ८१ जना छन् भने ८० हजार ९ सय ९ जनाले ज्यान गुमाइसकेका छन् ।
स्पेनमा २ लाख ६४ हजार ६ सय ६३ जना संक्रमित हुँदा १ लाख ७६ हजार ४ सय ३९ जना निको भएका छन् । २६ हजार ६ सय २१ जनाको भने मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणबाट सबभन्दा बढि मृत्यु भएको युरोपीय मूलुक बेलायतमा २ लाख २० हजार ४ सय ५० जना संक्रमित हुँदा ३१ हजार ९ सय २७ जनाले ज्यान गुमाएका छन् ।
निको हुनेको संख्या १ हजार ७ जना रहेको छ ।
यहाँ कुल संक्रमितमा १४.४८ प्रतिशतले ज्यान गुमाएको छ र जम्मा ०.४६ प्रतिशतले मात्र भाइरसलाई जित्न सफल भएका छन् ।
इटलीमा २ लाख १९ हजार ७० जना संक्रमितमा ३० हजार ५ सय ६० जनाको मृत्यु भएको छ भने १ लाख ५ हजार १ सय ८६ जना निको भएका छन् ।
अहिले कोरोनाभाइरस संक्रमणको हटस्पट बनेको रसियामा २ लाख ९ हजार ६ सय ८८ जना संक्रमित हुँदा ३४ हजार ३ सय ६ जना निको भएका छन् । १ हजार ९ सय १५ जनाले ज्यान गुमाइसकेका छन् ।
फ्रान्समा १ लाख ७९ हजार ३८ जना संक्रमित हुँदा २६ हजार ४ सय २२ जनाको मृत्यु भएको छ । ५७ हजार ४ सय ८२ जना निको भएका छन् ।
जर्मनीमा १ लाख ७१ हजार ८ सय ७९ जना संक्रमित मध्ये १ लाख ४५ हजार ६ सय जना निको भएका छन् । ७ हजार ५ सय ६९ जनाको भने मृत्यु भएको छ ।
पछिल्लो समय लकडाउन खोलेको जर्मनीमा लकडाउन खुलेसँगै संक्रमितको संख्या पनि बढेको छ ।
हाल अद्यावधिक तथ्याङ्क अनुसार कुल संक्रमित संख्यामा ३५.९० प्रतिशतले यो संक्रमणलाई जितेर स्वास्थ्य लाभ गरेका छन् भने ६.७९ प्रतिशतले ज्यान गुमाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय