कोरोना अपडेट : संक्रमित संख्या ४२ लाख नाघ्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ बैशाख ३०, मंगलबार

विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४२ लाख नाघेको छ ।
विश्वभर यस भाईरसबाट संक्रमित हुनेको संख्या ४२ लाख ७५ हजार ४ सय ९९ जना पुग्दा यस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ८७ हजार ७ सय २४ रहेको छ ।
अहिले सम्म १५ लाख ४४ हजार ७ सय ९५ जनाले यो भाइरसलाई जितेका छन् ।
अझै पनि अमेरीका नै यस भाईरसको संक्रमणबाट सबैभन्दा बढि प्रभावित देश बनिरहेको छ ।
त्यहाँ संक्रमितको संख्या १३ लाख ८८ हजार ३ सय २९ जना पुगेको छ । निको हुनेको संख्या २ लाख ६३ हजार १ सय ७१ जना छन् । ८१ हजार ९ सय २० जनाले भने ज्यान गुमाइसकेका छन् ।
कोभिड १९ संक्रमणबाट बढि प्रभावित राष्ट्रको दोस्रो स्थानमा रहेको स्पनेमा २ लाख ६८ हजार १ सय ४३ जनामा संक्रमण भइसकेको छ ।
१ लाख ७७ हजार ८ सय ४६ जना निको हुँदा २६ हजार ७ सय ४४ जनाको भने मृत्यु भएको छ ।
संक्रमण ह्वात्तै बढेर प्रभावित राष्ट्रको सूचीको तेश्रो स्थानमा आइपुगेको रसियामा २ लाख ३२ हजार २ सय ४३ जना संक्रमित हुँदा ४३ हजार ५ सय १२ जना निको भए । २ हजार १ सय १६ जनाले भने ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट सबभन्दा बढि मृत्यु हुने यूरोपिय मूलुक बेलायत बढि प्रभावित मूलुकमा चौथो स्थानमा छ ।
बेलायतमा २ लाख २४ हजार ३ सय ३२ जना संक्रमित हुँदा ३२ हजार १ सय ३८ जनाले ज्यान गुमाएका छन् र १ हजार १५ जानाले मात्र कोरोनालाई जितेको छ ।
इटलीमा २ लाख १९ हजार ८ सय १४ जना संक्रमितमा ३० हजार ७ सय ३९ जनाको मृत्यु भएको छ । १ लाख ६ हजार ५ सय ८७ जना निको भएका छन् ।
फ्रान्समा १ लाख ७९ हजार ४ सय ९१ जना संक्रमित हुँदा २६ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ । ५७ हजार ९ सय ९८ जना निको भएका छन् ।
जर्मनीमा १ लाख ७२ हजार ५ सय ७६ संक्रमितमध्ये एक लाख ४७ हजार २ सय जनाले भाईरससँगको लडाईँ जितेर स्वास्थ्य लाभ गरेका छन् । ७ हजार ६ सय ६१ जनाको मृत्यु भएको छ ।
प्रभावित राष्ट्रको सूचीमा १२औँ स्थानमा आएको छिमेकी राष्ट्र भारतमा संक्रमित संख्या ७० हजार नाघेको छ ।
७० हजार ८ सय २७ जना कुल संक्रमितमा २२ हजार ५ सय ४९ जना निको भइसके भने २ हजार २ सय ९४ जनाले मृत्युवरण गरिसके ।
अहिलेसम्म तथ्याङ्क अनुसार कुल संक्रमित संख्याको मध्य ३६.१३ प्रतिशतले यो संक्रमणलाई जितेर घर फर्केका छन् भने ६.७३ प्रतिशतले ज्यान गुमाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय