arin enterprises

कोरोना अपडेट : कतै नियन्त्रण हुँदै, कतै बढ्दै

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ बैशाख ३१, बुधबार

कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४३ लाख नाघेको छ ।

विश्वभर संक्रमित हुनेको संख्या ४३ लाख ४७ हजार ७ सय ७१ जना पुग्दा यस भाइरसलाई जित्नेको संख्या १६ लाख ३० हजार ६ सय ७० जना पुगेको छ । 

अहिले सम्ममा मृत्यु हुनेको संख्या २ लाख ९३ हजार १०० रहेको छ ।

अमेरिकामा १४ लाख ११ हजार १ सय ७५ जना संक्रमितमध्ये २ लाख ९७ हजार ६ सय ९२ जना निको भएका छन् । 

८३ हजार ५ सय ५२ जनाले भने ज्यान गुमाइसकेका छन् ।

कोभिड १९ संक्रमणबाट सबभन्दा बढि प्रभावित भएको यूरोपिय देश स्पनेमा २ लाख ६९ हजार ५ सय २० जना संक्रमित हुँदा १ लाख ८० हजार ४ सय ७० जनाले कोरोनालाई जितेको छ ।

२६ हजार ९ सय २० जनाले भने ज्यान गुमाएको छ । 

ह्वात्तै संक्रमितको संख्या बढेर अति प्रभावित देशको सूचीमा तेश्रो स्थानमा आइपुगेको रसियामा अहिले कोरोनाभाइरसबाट संक्रमितको संख्या २ लाख ३२ हजार २ सय ४३ जना पुगेको छ ।

संक्रमितमध्ये ४३ हजार ५ सय १२ जना निको भएका छन् भने २ हजार १ सय ११ जनाले ज्यान गुमाइसकेका छन् ।

रसियामा पछिल्लो २४ घण्टामा मात्रै १० हजार ८ सय ८८ जना नयाँ संक्रमित देखिएको हो ।

बेलायतमा २ लाख २७ हजार ७ सय ४१ जना संक्रमित हुँदा ३२ हजार ७ सय ६६ जनाले ज्यान गुमाएका छन् । १ हजार २३ जना मात्र संक्रमणबाट निको भएका छन् ।

इटालीमा २ लाख २१ हजार २ सय १६ जना संक्रमितमा ३० हजार ९ सय ११ जनाको मृत्यु भएको छ । १ लाख ९ हजार ३९ जना निको भएका छन् ।

फ्रान्समा १ लाख ८० हजार ३ सय ७६ जना संक्रमित हुँदा २७ हजार ३४ जनाको मृत्यु भएको छ । ५९ हजार ६८ जना निको भएका छन् । 

जर्मनीमा १ लाख ७३ हजार २ सय ७३ संक्रमितमध्ये १ लाख ४७ हजार २ सय जनाले भाईरससँगको लडाईँ जितेर स्वास्थ्य लाभ गरेका छन् । 

७ हजार ७ सय ५४ जनाले ज्यान गुमाएका छन् ।

छिमेकी राष्ट्र भारतमा भने संक्रमित संख्या ७४ हजार नाघेको छ । भारत अहिले संक्रमणबाट प्रभावित मूलुकको सूचीमा ११औं स्थानमा छ । 

भारतमा हालसम्म संक्रमित ७४ हजार ४ सय ८० जना कुल संक्रमितमा २४ हजार ४ सय ५३ जना निको भइसकेका छन् ।

२ हजार ४ सय १५ जनाले ज्यान गुमाएको छ । 

हाल अद्यावधिक तथ्याङ्क अनुसार अहिलेसम्म संक्रमित कुल संख्या मध्ये ३७.५१ प्रतिशतले यो संक्रमणलाई जितेर घर फर्केका छन् र ६.७४ प्रतिशतले ज्यान गुमाएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय