arin enterprises

कोरोना अपडेट : संक्रमित सँगै निको हुनेको दर पनि बढ्दै

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १, बिहिबार

कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४४ लाख नाघेको छ ।

विश्वभर संक्रमित हुनेको संख्या ४४ लाख ३५ हजार ५ सय ११ जना पुग्दा यस भाइरसवाट मृत्यु हुनेको संख्या २ लाख ९८ हजार ३ सय ८० जना पुगेको छ । 

अहिले सम्ममा १६ लाख ६९ हजार ७ सय २१ जना संक्रमितहरु निको हुन सफल भएका छन् ।

अमेरिकाले आफ्नो देशमा संक्रमण देखिएका १४ लाख ३२ हजार ९ सय १७ जनामध्ये ३ लाख ११ हजार २ सय ५ जनालाई उपचार पछि निको गर्न सफल भएको छ । 

यहाँ ८५ हजार ३ सय २४ जनाले भने ज्यान गुमाइसकेका छन् ।

स्पनेमा २ लाख ७१ हजार ९५ जना संक्रमित हुँदा १ लाख ८३ हजार २ सय २७ जनाले कोरोनालाई जितेका छन् ।

२७ हजार १ सय ४ जनाले भने ज्यान गुमाएका छन् । 

यस भाइरसको संक्रमणबाट बढि प्रभावित देशहरुमा नियन्त्रण हुँदै गर्दा रसियामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । रसियामा अहिले कोरोनाभाइरसबाट संक्रमितको संख्या २ लाख ४२ हजार २ सय ७१ जना पुगेको छ ।

तीमध्ये ४८ हजार ३ जना निको भएका छन् भने २ हजार २ सय १२ जनाले ज्यान गुमाइसकेका छन् ।

संक्रमण नियन्त्रणमा बेलायतलाई भने अझै हम्मे हम्मे परिरहेको छ । 

यहाँ २ लाख ३० हजार ९ सय ८५ जना संक्रमित हुँदा ३३ हजार २ सय ६१ जनाले ज्यान गुमाएका छन् । १ हजार ३२ जना मात्र संक्रमणबाट निको भएका छन् ।

इटालीमा २ लाख २२ हजार १ सय ४ जना संक्रमितमा ३१ हजार एक सय ६ जनाको मृत्यु भएको छ । १ लाख १२ हजार ५ सय ४१ जना निको भएका छन् ।

३१ हजार एक सय ६ जनाको कोरोनाभाइरस संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

दक्षिण अमेरीकाको हटस्पट बनेको ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ११ हजार ५ सय ५५ जना नयाँ संक्रमित देखिएका छन् । 

बढि प्रभावित मूलुकको सूचीमा छैठौँ स्थानमा पुगेको ब्राजिलमा १ लाख ९० हजार १ सय ३७ जना संक्रमित हुँदा १३ हजार २ सय ४० जनाको मृत्यु भएको छ । ७८ हजार ४ सय २४ जनाले कोरोनासँगको लडाईँ जितेका छन् । 

फ्रान्समा १ लाख ८० हजार २ सय ६३ संक्रमितमध्ये ६० हजार ९१ जनाले भाईरससँगको लडाईँ जितेर स्वास्थ्य लाभ गरेका छन् । 

२७ हजार १ सय १९ जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा १ एक लाख ७४ हजार ९८ जना संक्रमितमध्ये एक लाख ५० हजार ३ सय जना उपचारपछि निको भएका छन् ।

७ हजार ८ सय ६१ जनाको मृत्यु भएको छ ।

छिमेकी राष्ट्र भारत अहिले संक्रमणबाट प्रभावित मूलुकको सूचीमा १२औं स्थानमा छ । 

हालसम्म भारतमा ७८ हजार १ सय ९४ जना संक्रमित छन् भने २६ हजार ४सय जना निको भइसकेका छन् । २ हजार ५ सय ५१ जनाले ज्यान गुमाएको छ । 

हाल अद्यावधिक तथ्याङ्क अनुसार अहिलेसम्म संक्रमित कुल संख्या मध्ये ३७.६९ प्रतिशतले यो संक्रमणलाई जितेर घर फर्केका छन् । ६.७३ प्रतिशतले ज्यान गुमाएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय