arin enterprises

कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ३, शनिबार

विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४६ लाख नाघेको छ ।

हालसम्म विश्वभर कोरोनाभाइरस (कोभिड १९) संक्रमित हुनेको संख्या ४६ लाख ४२ हजार ५ सय ६ जना पुग्दा १७ लाख ६८ हजार १ सय ५६ जनाले कोरोनाभाइरस (कोभिड १९) लाई जितेका छन् । 

मृत्यु हुनेको संख्या भने ३ लाख नाघेको छ । अहिलेसम्ममा मृत्यु हुनेको संख्या ३ लाख ८ हजार ८ सय ६६ जना पुगेको छ ।

संसारभरिको कुल संक्रमित संख्यामध्ये करीब ३२ प्रतिशत संक्रमित त अमेरीकामै रहेका छन् । 

अमेरिकामा मात्रै १४ लाख ८४ हजार २ सय ८७ जना संक्रमितमध्ये ३ लाख २७ हजार ७ सय ५१ जना निको भएका छन् । ८८ हजार ५ सय ७ जनाले भने ज्यान गुमाइसकेका छन् ।

कोभिड १९ संक्रमणबाट बढि प्रभावित दोस्रो मूलुक स्पनेमा २ लाख ७४ हजार ३ सय ६७ जना संक्रमित हुँदा २७ हजार ४ सय ५९ जनाले भने ज्यान गुमाएका छन् । 

१ लाख ८८ हजार ९ सय ६७ जनाले कोरोनालाई जितेका छन् ।

संक्रमितको संख्या दिनदिनै बढ्दै तेश्रो अति प्रभावित बनेको मूलुक रसियामा अहिले कोरोनाभाइरसबाट संक्रमितको संख्या २ लाख ७२ हजार ४३ जना पुगेको छ ।

संक्रमितमध्ये ६३ हजार १ सय ६६ जना निको भएका छन् भने २ हजार ५ सय ३७ जनाको मृत्यु भएको छ ।

बेलायतमा २ लाख ३६ हजार ७ सय ११ जना संक्रमित हुँदा ३३ हजार ९ सय ९८ जनाले ज्यानले मृत्युवरण गरे ।

इटालीमा २ लाख २३ हजार ८ सय ८५ जना संक्रमितमध्ये ३१ हजार ६ सय १० जनाको मृत्यु भएको छ । १ लाख २० हजार २ सय ५ जना निको भएका छन् ।

संक्रमण नियन्त्रणतर्फ अघि बढ्दै गरेको ईटालीमा जुन ३ बाट लकडाउन केही सहज बनाउने योजनामा अघि बढेको छ ।

संक्रमणको दर बढ्दै गरेको दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा अहिले पछिल्लो २४ घण्टामा मात्रै १५ हजार ३ सय ५ जना नयाँ संक्रमित देखिएका छन् । 

ब्राजिलमा २ लाख २० हजार २ सय ९१ जना संक्रमित हुँदा १४ हजार ९ सय ६२ जनाको मृत्यु भएको छ । ८४ हजार ९ सय ७० जनाले कोरोनासँगको लडाईँ जितेका छन् ।

फ्रान्समा १ लाख ७९ हजार ५ सय ६ जना संक्रमित हुँदा २७ हजार ५ सय २९ जनाको मृत्यु भएको छ । ६० हजार ४ सय ४८ जना निको भएका छन् ।

जर्मनीमा १ लाख ७५ हजार ६ सय ९९ जना संक्रमित मध्ये १ लाख ५२ हजार ६ सय जना निको भएका छन् । ८ हजार १ जनाको भने मृत्यु भएको छ । 

यहाँ संक्रमण धेरै भएपनि कुल संक्रमितमध्ये ८६.३४ प्रतिशत निको भएका छन् ।

पछिल्लो समय संक्रमण संख्यामा चीनलाई उछिनेको भारत प्रभावित मूलुकको सूचीमा एघारौँ स्थानमा छ । 

यहाँ संक्रमित संख्या ८५ हजार ५ सय ८ जना पुगेको छ ।

संक्रमितको संख्या बढि रहेपनि भारतमा निको हुनेको संख्या चीनको भन्दा कम छ ।

यहाँ २ हजार ७ सय ५३ जनाले ज्यान गुमाएका छन् । ३० हजार ७ सय ७३ जना निको भइसकेका छन् ।

हालसम्मको तथ्याङ्क अनुसार अहिलेसम्म कुल संक्रमित संख्या मध्ये ३८.०८ प्रतिशतले उपचारपछि यो संक्रमणलाई जितेर घर फर्केका छन् र ६.६५ प्रतिशतले ज्यान गुमाएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय