arin enterprises

विश्वभरि कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ५, सोमबार

विश्वभरी महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४८ लाख नाघेको छ ।

विश्वभरीमा संक्रमित हुनेको संख्या ४८ लाख २० हजार ३ सय ४७ जना पुगेको छ ।

यस भाइरसवाट मृत्यु हुनेको संख्या ३ लाख १६ हजार ९ सय ९७ जना पुगेका छन् ।

अहिलेसम्ममा १८ लाख ६४ हजार ४ सय ६७ जना संक्रमितहरुले कोरोनासँगको युद्ध जितेर निको भएका छन् ।

यो भाइरसको संक्रमणबाट बढि प्रभावित मूलुकमा अझै पनि अमेरिका नै छ । यहाँ १५ लाख २७ हजार ९ सय ५१ जना संक्रमण देखिएकोमा ३ लाख ४६ हजार ३ सय ८९ जना उपचार पछि निको भएका छन् । 

९० हजार ९ सय ८० जनाले भने ज्यान गुमाइसकेका छन् ।

हालै रसिया बढि प्रभावित देशको सूचीमा दोस्रो स्थानमा आइपुगेको छ । दिनानुदिन संक्रमित संख्या धेरै बढ्दै गरेको रसियामा अहिले कोरोनाभाइरसबाट संक्रमितको संख्या २ लाख ९० हजार ६ सय ८७ जना पुगेको छ ।

तीमध्ये ७० हजार २ सय ९ जना निको भएका छन् 

संक्रमण बढ्दै गरेपनि मृत्युलाई नियन्त्रण गर्न भने रसिया सफल देखिएको छ । यहाँ कुल संक्रमित मध्ये २ हजार ७ सय ७२ जनाले ज्यान गुमाएका छन् ।

स्पनेमा २ लाख ७७ हजार ७ सय १९ जना संक्रमित हुँदा १ लाख ९५ हजार ९ सय ४५ जनाले कोरोनालाई जितेका छन् । २७ हजार ६ सय ५० जनाको भने मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट बढि मृत्यु हुने यूरोपिय मूलुकमा अझै बेलायत नै रहेको छ । यहाँ २ लाख ४३ हजार ६ सय ९५ जना संक्रमित मध्ये ३४ हजार ६ सय ३६ जनाको मृत्यु भइसक्यो ।

दक्षिण अमेरिकाको हटस्पट बनेको ब्राजिलमा २ लाख ४१ हजार ८० जना संक्रमित छन् ।

तीमध्ये १६ हजार १ सय २२ जनाको मृत्यु भएको छ भने ९४ हजार १ सय २२ जना संक्रमणबाट निको भएका छन् ।

इटालीमा २ लाख २५ हजार ४ सय ३५ जना संक्रमितमध्ये ३१ हजार ९ सय ८ जनाको मृत्यु भएको छ । १ लाख २५ हजार १ सय ७६ जना निको भएका छन् । 

इटालीमा केहि दिनपछि यात्रा प्रतिबन्ध पनि खोलिने भएको छ । सम्भावित आर्थिक संकटबाट मूलुकलाई जोगाउन यहाँ लकडाउन खुकुलो बनाउन थालिएको हो ।

फ्रान्समा १ लाख ७९ हजार ५ सय ६९ जना संक्रमित हुँदा ६१ हजार २ सय १३ जनाले भाईरससँगको लडाईँ जितेर स्वास्थ्य लाभ गरेका छन् । २८ हजार १ सय ८ जनाले ज्यान गुमाइसके ।

जर्मनीमा १ एक लाख ७६ हजार ६ सय ५१ जना संक्रमितमध्ये १ लाख ५४ हजार ६ सय जना उपचारपछि निको भएका छन् । ८ हजार ४९ जनाको मृत्यु भएको छ ।

यहाँ अब १४ हजार दुई जना उपचाररत मध्ये १२ हजार ८ सय ३६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

छिमेकी राष्ट्र भारत अहिले संक्रमणबाट प्रभावित मूलुकको सूचीमा ११औं स्थानमा छ । यहाँ संक्रमितको संख्या लाखको नजिक पुगिसकेको छ ।

यहा ९६ हजार १ सय ६९ जना संक्रमित छन् भने ३६ हजार ८ सय २४ जना निको भइसकेका छन् । ३ हजार २९ जनाको मृत्यु भइसकेको छ ।

हाल अद्यावधिक तथ्याङ्क अनुसार अहिलेसम्म संक्रमित कुल संख्या मध्ये ३८.६७ प्रतिशत संक्रमित उपचार पछि निको भएर घर फर्केका छन् । ६.५७ प्रतिशतले ज्यान गुमाएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय