arin enterprises

कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४९ लाख नाघ्यो

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ६, मंगलबार

कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४९ लाख नाघेको छ  ।

विश्वभरीमा संक्रमित हुनेको संख्या ४९ लाख ४ हजार ७ सय ६१ जना पुगेको छ । मृत्यु हुनेको संख्या ३ लाख २० हजार ३ सय ३१ पुगेका छन् ।

अहिलेसम्ममा १९ लाख १६ हजार २४ जना संक्रमितहरुले कोरोनासँगको युद्ध जितेर स्वास्थ लाभ गरेका छन् ।

महामारीबाट बढि प्रभावित मूलुक अमेरिकामा १५ लाख ५० हजार २ सय ९४ जना संक्रमण देखिएको छ ।

तीमध्ये ३ लाख ५६ हजार ३ सय ८३ जना उपचार पछि निको भएका छन् भने ९१ हजार ९ सय ८१ जनाले भने ज्यान गुमाइसके ।

रसियामा अहिले कोरोनाभाइरसबाट संक्रमितको संख्या २ लाख ९९ हजार ९ सय ४१ पुगेको छ । तीमध्ये ७६ हजार १ सय ३० जना निको भएका छन् ।

यहाँ कुल संक्रमित मध्ये २ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ ।

स्पनेमा २ लाख ७८ हजार १ सय ८८ जना संक्रमित हुँदा १ लाख ९६ हजार ९ सय ५८ जनाले कोरोनालाई जितेका छन् । 

२७ हजार ७ सय ९ जनाको भने मृत्यु भएको छ ।

दक्षिण अमेरिकाको हटस्पट बनेको ब्राजिलमा २ लाख ५५ हजार ३ सय ६८ जना संक्रमित छन् । अहिले ब्राजिल बढि प्रभावित मूलुकको सूचीमा चौथौ स्थानमा पुगेको छ ।

तीमध्ये १६ हजार ८ सय ५३ जनाको मृत्यु भएको छ भने १ लाख ४ सय ५९ जना संक्रमणबाट निको भएका छन् ।

बेलायतमा २ लाख ४६ हजार ४ सय ६ जना संक्रमित मध्ये ३४ हजार ७ सय ९६ जनाको मृत्यु भइसकेको छ ।

इटालीमा २ लाख २५ हजार ८ सय ८६ जना संक्रमितमध्ये ३२ हजार ७ जनाको मृत्यु भएको छ । १ लाख २७ हजार ३ सय २६ जना निको भएका छन् । 

फ्रान्समा १ लाख ७९ हजार ९ सय २७ जना संक्रमितमध्ये ६१ हजार ७ सय २८ जनाले भाईरससँगको लडाईँ जितेका छन् । 

२८ हजार २ सय ३९ जनाले ज्यान गुमाइसके ।

जर्मनीमा १ एक लाख ७७ हजार २ सय ८९ जना संक्रमितमध्ये १ लाख ५५ हजार ७ सय जना उपचारपछि निको भएका छन् । 

८ हजार १ सय २३ जनाको मृत्यु भएको छ ।

छिमेकी राष्ट्र भारत अहिले संक्रमित संख्या १ लाख नाघेको छ ।

यहाँ १ लाख १ हजार २ सय ६१ जना संक्रमित भएका छन् भने ३९ हजार २ सय ३३ जना निको भइसकेका छन् । 

३ हजार १ सय ६४ जनाको मृत्यु भइसकेको छ ।

हाल अद्यावधिक तथ्याङ्क अनुसार अहिलेसम्म संक्रमित कुल संख्या मध्ये ३९.०६ प्रतिशत उपचार पछि निको भएर घर फर्केका छन् । 

६.५३ प्रतिशतले ज्यान गुमाएका छन् ।

कुल उपचाररतमध्ये ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य वा मध्यम रहेको छ ।

Categorized in अन्तर्राष्ट्रिय