arin enterprises

कोरोना संक्रमित हुनेको संख्या ५० लाख नाघ्यो

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ७, बुधबार

विश्वभरिमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ  ।

विश्वभरीमा संक्रमित हुनेको संख्या ५० लाख ३ हजार ३ सय ४ पुगेको छ । उपचारपछि निको हुनेको संख्या भने १९ लाख ७१ हजार ५ सय १९ पुगेको छ ।

३ लाख २५ हजार २ सय २३ जनाको भने यस भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोनाभाइरस संक्रमणबाट बढि प्रभावित मूलक संयुक्त राज्य अमेरिकामा पछिल्ला केही दिनमा नयाँ संक्रमणको संख्यामा भने कमी आउन थालेको छ । 

अमेरिकामा अहिले १५ लाख ७१ हजार १८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

तीमध्ये ३ लाख ६१ हजार २ सय २७ जना उपचार पछि निको भएका छन् भने ९३ हजार ५ सय ४२ जनाले ज्यान गुमाइसके ।

अहिले संक्रमणको हटस्पट बनेको रसियामा कोरोनाभाइरसबाट संक्रमितको संख्या ३ लाख नाघेको छ ।

यहाँ ३ लाख ८ हजार ७ सय ५जना संक्रमित हुँदा ८५ हजार ३ सय ९२ जना निको भएका छन् । २ हजार ९ सय ७२ जनाको भने मृत्यु भएको छ ।

स्पनेमा २ लाख ७८ हजार ८ सय ३ जना संक्रमित हुँदा १ लाख ९६ हजार ९ सय ५८ जनाले कोरोनालाई जितेका छन् । २७ हजार ७ सय ७८ जनाको भने मृत्यु भएको छ ।

दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ८५ जना छन् । तीमध्ये १७ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ भने १ लाख ६ हजार ७ सय ९४ जना संक्रमणबाट निको भएका छन् ।

बेलायतमा २ लाख ४८ हजार ८ सय १८ जना संक्रमित मध्ये ३५ हजार ३  सय ४१ जनाको मृत्यु भइसकेको छ ।

इटालीमा २ लाख २६ हजार ६ सय ९९ जना संक्रमितमध्ये ३२ हजार १ सय ६९ जनाको मृत्यु भएको छ । १ लाख २९ हजार ४ सय १ जना निको भएका छन् । 

फ्रान्समा १ लाख ८० हजार ८ सय ९ जना संक्रमितमध्ये ६२ हजार ५ सय ६३ जनाले भाईरससँगको लडाईँ जितेका छन् । २८ हजार २२ जनाले ज्यान गुमाइसके ।

जर्मनीमा १ लाख ७७ हजार ८ सय ४२ जना संक्रमितमध्ये १ लाख ५६ हजार ९ सय जना उपचारपछि निको भएका छन् । ८ हजार १ सय ९३ जनाको मृत्यु भएको छ ।

यहाँ अहिले १२ हजार ७ सय ४९ जना संक्रमित मात्र उपचाररत छन् भने तीमध्ये १ हजार १ सय १५ जना स्थिती गम्भीर रहेको बताइएको छ ।

छिमेकी राष्ट्र भारतमा १ लाख ६ हजार ८ सय ८६ जना संक्रमितमध्ये ४२ हजार ३ सय ९ जना निको भइसकेका छन् । ३ हजार ३ सय ३ जनाको मृत्यु भइसकेको छ ।

हाल अद्यावधिक तथ्याङ्क अनुसार अहिलेसम्म संक्रमित कुल संख्या मध्ये ३९.४० प्रतिशत उपचार पछि निको भएर घर फर्केका छन् । ६.५० प्रतिशतले ज्यान गुमाएका छन् ।

कुनै देशमा संक्रमण नियन्त्रण आउँदै गर्दा कुनै देशमा अप्रत्याशित रुपमै संक्रमितको संख्या बढ्दै गरेको छ । यससँगै संक्रमण निको हुनेको दर पनि बढ्दै गएको छ ।

Categorized in अन्तर्राष्ट्रिय