स्पेनमा कोरोना संक्रमणको दोश्रो लहर
SamacharDesk – बिकाश | २०७७ कार्तिक १०, सोमबार

स्पेनमा कोरोना संक्रमणको दोश्रो लहर आएसँगै विभिन्न स्थानमा प्रतिवन्ध लगाइनुका साथै संक्रमण नियन्त्रण र रोकथामका लागि कर्फ्यू समेत लगाइएको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढि प्रभावित क्षेत्रहरुमा सबैभन्दा कडा प्रतिबन्ध लगाइएको छ ।
यहाँ राष्ट्रिय आपतकाल घोषणा गर्दै रातीको समयमा कर्फ्यू लगाइएको छ ।
स्पेनका प्रधानमन्त्री पेद्रो सांचेजले राती ११ बजेबाट बिहान ६ बजेसम्म कर्फ्यू आदेश लागू हुने बताउनुभयो । यो आदेश आइतबारदेखि लागू भएको हो ।
आपतकाल अन्तर्गत स्थानीय प्रशासन विभिन्न क्षेत्रमा आवतजावतमा पनि प्रतिवन्ध लागेको सान्चेजले बताएका छन् ।
साथमा सान्चेजले संसदबाट नयाँ नियमहरुको समयावधि बढाएर ६ महीना पुर्याउने पनि बताए । हाल यी नियमहरुको समयावधि ६ दिन रहेको छ ।
यस वर्षको शुरुवातमा स्पेनमा देखिएको कोरोना संक्रमणको पहिलो लहरको क्रममा यहाँ लगाइएको लकडाउन एकदमै कडामध्येमा पर्छ ।
इटलीमा पनि संक्रमणको दोश्रो लहरको शुरुवातसँगै आइतबारबाट नयाँ प्रतिबन्धहरुका घोषणा भइसकेको छ ।
Categorized in अन्तर्राष्ट्रिय