दशरथ रंगशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र २१, शनिबार

दशरथ रंगशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने भएको छ ।
चैत्र २८ गते देखि ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मूल नाराका साथ दशरथ रंगशालामा ‘कोभिड कप– २०२१’ को आयोजना हुने लागेको हो ।
उक्त मैत्रीपूर्ण फुटबलको आयोजना जिल्ला सहकारी संस्था लिमिटेड काठमाडौं र मिडिया हेराल्ड प्रा.लिले गर्ने छन् ।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनमा आयोजना गरी खेलमा चलचित्र कलाकारहरू, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तीय परिसंघ, सहकारी अभियान , लायन्स क्लब, राष्ट्रिय निजी तथा आवासीय विद्यालयलगायतको सहभागिता हुने बताइएको छ ।
साथै कार्यक्रममा विभिन्न ख्याती प्राप्त कलाकारबाट मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिने छ ।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले सातवटा खेलमा १० वटा टोली रहने र कोभिड– १९ बाट बच्नका लागि सामाजिक दूरी पनि कायम गरिने बताए ।
आयोजकले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म दशरथ रंगशालामा सञ्चालन हुने कार्यक्रममा करिब २५ हजार दर्शकको सहभागिता हुने अपेक्षा गरेका छन् ।
Categorized in स्पाेर्ट्स
