एकैदिन ३ हजार बढि कोरोना मुक्त
SamacharDesk – बिकाश | २०७७ आश्विन १६, शुक्रबार

नेपालमा एकै दिनमा ३ हजार बढि संक्रमित कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ७ जना संक्रमित निको भएर डिस्चार्ज भई घर फर्केका छन् ।
संक्रमण निको हुनेको यो संख्या आजसम्मकै उच्च हो ।
पछिल्लो २४ घन्टामा निको हुनेको संख्या नयाँ संक्रमित संख्याभन्दा ५ सय ८५ ले बढि रहेको छ । २ हजार ७ सय २२ जना नयाँ संक्रमित थप भएका थिए ।
निको हुनेको संख्या ५ सय ८५ ले बढि हुँदा सक्रिय संक्रमित संख्यामा पनि कमी आएको छ ।
हिजो सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० थियो भने आज २ हजार ७ सय २२ नयाँ संक्रमित थप भइसकेर पनि सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ मा झरेको छ ।
एकैदिनमा यति ठृुलो संख्यामा संक्रमण निको भएसँगै संक्रमण निको हुनेको दर पनि एकैदिनमा १.७ प्रतिशतले बढेको छ ।
हिजो निको हुनेको दर ७१.९ प्रतिशत थियो भने आज यो दर ७३.६ प्रतिशत पुगेको छ ।
आजको संख्यासँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ६० हजार नाघेको छ । आजसम्ममा कोरोना निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।
प्रदेश अनुसार आजसम्ममा प्रदेश एकमा ५ हजार ४ सय २ जना, प्रदेश २ मा १३ हजार ९ सय २८, वागमती प्रदेशमा १८ हजार ८ सय ५१ र गण्डकी प्रदेशमा ३ हजार ३ सय ७९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
त्यस्तै प्रदेश ५ मा ९ हजार ८१, कर्णाली प्रदेशमा ३ हजार २५ र सुदुरपश्चिम प्रदेशमा ७ हजार ३० जना कोरोना संक्रमितहरु निको भइसकेका छन् ।
Categorized in समाज