हाल कोरोना निको हुनेको दर २३ प्रतिशत नजिक
SamacharDesk – विकाश | २०७७ आषाढ १२, शुक्रबार

पछिल्लो २४ घन्टामा नेपालका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट थप ४८ जना संक्रमित निको भएर घर फर्केका छन् ।
तीमध्ये ८ जना महिला र ४० जना पुरुषहरु रहेका छन् ।
पछिल्लो निको हुनेको संख्यासँगै नेपालमा कोरोना संक्रमण निको हुनेको कुल संख्या २ हजार ६ सय ९८ पुगेको छ ।
तीमध्ये २ सय २४ जना महिला छन् भने २ हजार ४ सय ७४ जना पुरुष रहेका छन् ।
विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सुनसरीकी एक महिला र मोरङका एक महिला र १९ पुरुष निको भई घर फर्केका छन् ।
कोभिड १९ युनिफाइड कमान्ड अस्पताल बलम्बुबाट सोलुखुम्बुका एक पुरुष, बाराकी एक महिला र रौतहटका एक पुरुष संक्रमणमुक्त भइ डिस्चार्ज भए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरबाट रामेछापका एक पुरुष र काठमाडौंका २ महिला, महिला विकास कार्यालय तमघास गुल्मीबाट एक महिला र १२ पुरुष डिस्चार्ज भएका छन् ।
त्यसैगरी महेन्द्र मावि तमघासबाट गुल्मीकी एक महिला, ३ पुरुष र मालिका माविबाट गुल्मीका एक पुरुषको साथमा जलेश्वर अस्पताल महोत्तरीबाट महोत्तरीकी एक महिला र २ पुरुष पनि निको भई घर फर्के ।
पछिल्लो तथ्याङ्क अनुसार निको हुनेको दर करीब २३ प्रतिशत रहेको छ ।
Categorized in समाज