arin enterprises

थप २१३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ३४४८

SamacharDesk – विकाश | २०७७ जेठ २५, आइतबार

नेपालमा थप २ सय १३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न भागमा २ सय १३ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले २ सय ९ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

तीमध्ये ४ सय ६७ जना निको भएका छन् । आजै मात्र एकैपल्ट एक सय दुई जना संक्रमित निको भएका छन् । 

१३ जना संक्रमितको भने मृत्यु भएको छ ।

देशका विभिन्न भागमा बनाइएको क्वारेन्टाइनमा एक लाख ७० हजार ७ सय ३२ जना बसिरहेका छन् भने विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा २ हजार ९ सय ६८ जना संक्रमित उपचाररत छन् ।

हालसम्म पिसिआर विधिबाट ९६ हजार २ सय ५ वटा र आरडिटी विधिबाट १ लाख ४५ हजार ४९ वटा परिक्षणहरु भएका छन् ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ३ हजार ७ सय २८ र आरडिटी विधिबाट ७ हजार ६ सय १४ वटा परिक्षण सम्पन्न भएका छन् 

Categorized in राष्ट्रिय