arin enterprises

संक्रमित संख्यामा आजसम्मकै रेकर्ड, एकैपल्ट ४ सय बढिमा संक्रमण पुष्टि

SamacharDesk – विकाश | २०७७ जेठ ३०, शुक्रबार

नेपालमा थप ४ सय ४८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न १५ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ४ सय २४ जना पुरुष र २४ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आज थप भएको संख्यासँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ५ हजार ६२ पुगेको छ । तीमध्ये ४ हजार ७ सय ९ जना पुरुषहरु छन् भने ३ सय ५२ जना महिला हुन् ।

संक्रमित जिल्ला संख्या आज पनि ७२ नै यथावत छ । 

कोरोना संक्रमण निको हुनेको संख्या भने ८ सय ७७ पुगेको छ । पछिल्लो पटक विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरहरुबाट थप १६ जना संक्रमणमुक्त भएर देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

देशभरमा अहिलेम्म पिसिआर विधिबाट १ लाख २१ हजार ८ सय ६२ र आरडिटी विधिबाट १ लाख ८८ हजार ५२ वटा परिक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ५ हजार ९ सय २५ र आरडिटी विधिबाट ९ हजार ९ सय ९ वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरमा क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ५८ हजार ५० हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ४ हजार १ सय ६९ रहेको छ ।

Categorized in राष्ट्रिय