arin enterprises

संक्रमित संख्या झन बढ्दै, आजै ६ सय बढिमा संक्रमण पुष्टि

SamacharDesk – विकाश | २०७७ आषाढ ४, बिहिबार

नेपालमा आज अहिलेसम्मकै उच्च संख्यामा नयाँ संक्रमित थप भएका छन् । आज एकैपल्ट ६ सय बढिमा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ६ सय ७१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । जसमा ५ सय ९१ जना पुरुष रहेका छन् भने महिलाको संख्या ८० छ ।

आजको थप नयाँ संक्रमित संख्यासँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ७ हजार ८ सय ४८ पुगेको छ । तीमध्ये ७ हजार २ सय २९ जना पुरुषहरु छन् भने ६ सय १९ जना महिला हुन् ।

आज मनाङमा पनि संक्रमित भेटिएसँगै कुल संक्रमित जिल्ला संख्या ७४ पुगेको छ ।

कोरोना संक्रमण निको हुनेको संख्या एक हजार एक सय ८६ पुगेको छ । पछिल्लो पटक थप १९ जना संक्रमणमुक्त भएर विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।

देशभरमा अहिलेम्म पिसिआर विधिबाट १ लाख ५५ हजार ५ सय १८ र आरडिटी विधिबाट २ लाख ४३ हजार ७५ वटा परिक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ५ हजार ७ सय ४६ र आरडिटी विधिबाट ९ हजार ५ सय ३२ वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरमा क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १६ हजार २ सय १५ हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ६ हजार ९ सय ४८ रहेको छ ।

हालसम्म यहाँ कोरोना संक्रमणका कारण २२ जनाको ज्यान गइसकेको छ । आजै दुई जना संक्रमितको मृत्यु स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

Categorized in राष्ट्रिय