arin enterprises

काठमाडौं र भक्तपुरमा भेटिए ८ संक्रमित

SamacharDesk – विकाश | २०७७ आषाढ ६, शनिबार

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ सय ३१ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २ सय ८२ जना पुरुष र ४९ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ । 

नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ८ हजार ६ सय ५ पुगेको छ । तीमध्ये ७ हजार ८ सय ४९ जना पुरुषहरु छन् भने ७ सय ५६ जना महिला हुन् ।

कोरोना संक्रमण निको हुनेको संख्या एक हजार पाँच सय ७८ पुगेको छ । पछिल्लो पटक थप १ सय ७६ जना संक्रमितहरु निको भइ विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।

देशभरमा आजसम्ममा पिसिआर विधिबाट १ लाख ६९ हजार १ सय ६५ र आरडिटी विधिबाट २ लाख ५२ हजार ३ सय वटा परिक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ७ हजार ४ सय १६ र आरडिटी विधिबाट ४ हजार ४ सय २६ वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरमा क्वारेन्टाइनमा रहनेको संख्या १ लाख २ हजार २ सय ४५ हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ७ हजार ५ जना रहेको छ ।

हालसम्म यहाँ कोरोना संक्रमणका कारण २२ जनाको ज्यान गइसकेको छ ।

Categorized in राष्ट्रिय