arin enterprises

ललितपुरमा एकजना महिलामा कोरोना संक्रमण

SamacharDesk – विकाश | २०७७ आषाढ ७, आइतबार

पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय २१ जना कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न २२ वटा प्रयोगशालामा गरिएको परिक्षणमा आज ३ सय ५७ जना पुरुष र ६४ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ । 

आजको तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ९ हजार २६ पुगेको छ । तीमध्ये ८ हजार २ सय ६ जना पुरुषहरु छन् भने ८ सय २० जना महिला हुन् ।

ललितपुरमा एक जना महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।

पछिल्लो २४ घन्टामा अर्घाखाँचीमा मात्रै ५७ पुरुष र १७ महिला गरी ७४ जनामा संक्रमण पुष्टि भएको छ ।

मुस्ताङ जिल्लामा पनि एक जना पुरुषमा संक्रमण देखिएसँगै संक्रमित जिल्लाको संख्या ७५ पुगेको छ ।

कोरोना संक्रमण निको हुनेको संख्या एक हजार सात सय ७२ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १ सय ९४ जना संक्रमणमुक्त भई विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।

देशभरमा आजसम्ममा पिसिआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ र आरडिटी विधिबाट २ लाख ६२ हजार १ सय ७४ वटा परिक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ६ हजार ८ र आरडिटी विधिबाट ९ हजार ८ सय ७४ वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ९४ हजार ९ सय २८ हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ७ हजार २ सय ३१ जना रहेको छ ।

हालसम्म यहाँ कोरोना संक्रमणका कारण २३ जनाको ज्यान गइसकेको छ । असार ५ गते होम क्वारेन्टिनमा रहँदै मृत्यु हुने गुल्मी छत्रकोट गाउँपालिकाका ६९ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले आज पुष्टि गरेको छ ।

Categorized in राष्ट्रिय