arin enterprises

जरुरी परे संसद वैठक बस्ने प्रचण्डको दावी

SamacharDesk – बिकाश | २०७७ माघ १६, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जरुरी पर्यो भने संसद् बैठक बस्ने बताउनुभएको छ ।

शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जरुरी पर्यो भने संसद वैठक बसेर संसद विघटन गर्ने अपराधीलाई कारवाही गर्ने चेतावनी दिनुभएको हो ।

सभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले संसद विघटन गरेको नभई संविधान विघटन गरेको बताउनुभयो । संसद् विघटन गर्ने अधिकार संविधानमा नभएको दावी गर्दै प्रचण्डले सर्वोच्चले सही फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो ।

‘७० वर्षदेखि लोकतन्त्रवादी र कम्युनिष्टहरुले लडेर ल्याएको लोकतन्त्रमाथि हमला गरिएको हो । यो सार्वमौम नेपाली जनतामाथिको हमला हो’ प्रचण्डले भन्नुभयो ।

ओलीको यो कदमलाई इतिहासमा कलंकको टीकाको रुपमा सम्झने बताउनुभयो । ओली सरकारको अब वैधानिकता नभएको भन्दै ओलीले आफ्नै खुट्टामा बञ्चरो हानेको बताउनुभयो । 

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082