arin enterprises

एसले गर्यो १५ वडाका शाखा अध्यक्षलाई कारवाही

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७९ कार्तिक १७, बिहिबार

नेकपा (एस) ले पार्टीको काठमाडौं महानगरपालिका १५ वडा शाखाका अध्यक्ष राजा शाक्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।

आसन्न निर्वाचनमा पार्टीको निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिई पार्टीको हित विपरित कार्य गरेको भन्दै पार्टीले शाक्यलाई कारवाही गरेको हो ।

जिल्ला अध्यक्ष एलपी श्रेष्ठले पार्टीको प्रतिनिधि सभा निर्वाचन समन्वय कमिटी क्षेत्र नम्बर ८ का संयोजकलाई पत्र लेख्दै शाक्यलाई कारवाही गरिएको सम्वन्धमा जानकारी गराइसकेका छन् ।

शाक्यले भने गत असोज २१ गतेबाटै पार्टीको साधारण सदस्य, संगठित सदस्य र कमिटीहरुबाट राजीनामा दिइसकेको हुनाले पार्टी सम्वन्धि कुनै सरोकार नभएको बताएका छन् ।

शाक्यले प्रदेश सभा सदस्य पदमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082