arin enterprises

स्रष्टा विजय मल्ल शताब्दी मनाइने

SamacharDesk – विजयरत्न | २०८२ कार्तिक २५, मंगलबार

सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सव मनाइने भएको छ ।

नइ एकेडेमीले कवि मल्लको शताब्दी महोत्सवको आयोजना गर्ने भएको हो ।

विजय मल्ल शताब्दी महोत्सवका अवसरमा विभिन्न पुस्तकहरु पनि प्रकाशन गर्न लागिएको छ ।

महोत्सवको अवसरमा डा.साधना प्रतीक्षाकृतको ‘नारीवादी नाटककार विजय मल्ल’ र नरेन्द्रराज प्रसाईबाट लिखित ‘विजय मल्लको जीवनी’ कृति प्रकाशित गरिने भएको छ ।

नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको नइ एकेडेमीका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका हुन् ।

विजय मल्लको जन्म १९८२ सालमा काठमाडौँमा भएको थियो । विशिष्ट बौद्धिक स्रष्टा विजय मल्ललाई बहुआयामियक सिर्जनात्मक योगदान गर्ने अमर व्यक्तित्वका रुपमा लिइन्छ ।

Categorized in पेजथ्री