arin enterprises

परिक्षणकाे १०.३१ प्रतिशतमा संक्रमण पुष्टी

SamacharDesk – बिकाश | २०७७ पौष ७, मंगलबार

नेपालमा पछिल्लाे २४ घन्टामा गरिएकाे परिक्षणमा १० दशमलव ३१ प्रतिशतमा काेराेना भाइरस (काेभिड १९) काे संक्रमण पुष्टी भएकाे छ ।

पछिल्लाे पटक ७ हजार स्वाब नमूनाकाे परिक्षण गरिएकाेमा ३ सय १० महिला र ४ सय १२ पुरूष गरि ७ सय २२ जना नयाँ संक्रमित थप भएका छन् ।

याेसँगै नेपालमा काेभिड १९ बाट संक्रमितहरूकाे कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेकाे छ । 

अहिलेसम्ममा जम्मा १८ लाख ८४ हजार एक सय ८१ वटा स्वाब नमूनाहरूकाे आरटि पिसिआर परिक्षण गरिएकाे छ ।

आज थपिएका नयाँ संक्रमितहरूमध्ये काठमाडाैं उपत्यकामा एक सय ६० महिला र २ सय ५ पुरूष गरि ३ सय ६५ जना रहेका छन् । तीमध्ये काठमाडाैंमा ३ सय, ललितपुरमा ४२ र भक्तपुरमा २३ जना रहेका छन् ।

पछिल्लाे पटक ९ सय ६६ जना संक्रमितहरू निकाे भएका छन् । याेसँगै नेपालमा काेराेना निकाे हुनेकाे संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेकाे छ ।

थप ३ जनाकाे मृत्यु भएसँगै नेपालका काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या एक हजार ७ सय ९८ पुगेकाे छ ।

हाल ७ हजार ७ सय २९ जना संक्रमित उपचाररत छन् भने ४ सय १३ जना क्वारेन्टीनमा छन् ।

मनाङ र मुगुमा एक जना पनि संक्रमितहरू छैनन् भने अब काठमाडाैं र ललितपुरमा मात्रै ५ सय बढि संक्रमितहरू छन् ।

 

Categorized in राष्ट्रिय