टीकाथलीमा विहानै लाखौंको धनमाल चोरी
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २३, मंगलबार

ललितपुरको महालक्ष्मी नगरपालिकामा आज विहानै लाखौंको धनमाल चोरी भएको छ ।
महालक्ष्मी–५ टिकाथली भण्डारीटोल बस्ने हिरा कुवँरको घरबाट आज विहानको समयमै लाखौंको धनमाल चोरी भएको हो ।
कुवँरको घरबाट करिब ७ लाख ३७ हजार १ सय रुपैयाँ बराबरको बिभिन्न सुनको गहना चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरु भने हाल फरार रहेका छन् । फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध