arin enterprises

ईसाई धर्मावलम्बीहरु आज क्रिसमस डे मनाईंदै

SamacharDesk | २०७९ पौष १०, आइतबार

नेपाल लगायत विश्वभरका इसाई धर्मावलम्बीहरु आज क्रिसमस डे धूमधामका साथ मनाउँदैछन् ।

क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टको जन्म दिन डिसेम्बर २५ मा पर्ने भएकोले उहाँको सम्झनामा यो पर्व मनाउने गरिन्छ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन अहिलेको इजरायलस्थित जेरुसेलममा क्राइस्टको जन्म भएको विश्वास गरिन्छ ।

क्राइस्ट मुक्ति, प्रेम र शान्ति दिएको मार्ग देखाएको विश्वासमा क्रिश्चियन समुदायले यो पर्व मनाउने गर्दछन् । क्रिसमसमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै शुभकामना तथा उपहार आदानप्रदान गर्ने गरिन्छ ।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनीहरुको भनाइ छ ।

नेपालमा पनि गणतन्त्र स्थापना भएर बहु धार्मिक मुलुक भएसँगै क्रिश्चियनहरुको संख्यामा वृद्धि भएको पाइन्छ । यसै अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी यो पर्व मनाउने गरिएको छ ।

सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

Categorized in राष्ट्रिय