arin enterprises

सनराइजर्स हैदराबादलाई हराउँदै चेन्नाई सुपरकिंग्स शीर्ष स्थानमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १६, बिहिबार

आईपीएलमा चेन्नाई सुपरकिंग्स शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै चेन्नाई  शीर्ष स्थानमा उक्लिएको हो ।

हैदराबादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८.३ ओभरमा ३ विकेटको क्षतीमा पार गर्‍यो ।

चैन्नाईका लागि ऋतुराज गायकवाडले उत्कृष्ट ब्याटिङ गरे । उनले ४४ बलमा १२ चौकासहित ७५ रन बनाए ।

अर्का ओपनर फाप डु प्लेसिसले ३८ बलमा १ छक्का र ६ चौकाको सहित ५६ रन बनाउँदा मोइन अलीले १५, सुरेश रैनाले १७ र रवीन्द्र जडेजाले अविजित सात रनको योगदान दिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । 

चेन्नाईका लागि कप्तान डेविड वार्नरले ५५ बलमा २ छक्का र ३ चौकासहित ५७ रन र मनिष पाण्डेले ४६ बलमा ५ चौका र १ छक्काको प्रहार गर्दै ६१ रन बनाए ।

त्यस्तै केन विलियम्सनले १० बलमा ४ चौका र १ छक्कासहित नटआउट २६ रन बनाए । केदार जाधव १२ रनमा नटआउट रहँदा जोनी बेयरिस्टो भने ७ रनमै आउट भए ।

बलिङमा चेन्नईका लागि लुंगि एनगिडीले २ र साम करनले १ विकेट लिए । हैदरावादका लागि राशिद खानले तीन ओभरमा ३६ रन दिएर तीन विकेट लिए भने बाँकी बलरहरुले विकेट लिन सकेनन् ।

यो जितसँगै चेन्नईले ६ खेलमा १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै हैदराबादले भने ६ खेलमा २ अंकले अंक तालिकाको पुछारमा छ ।

Categorized in स्पाेर्ट्स