चैत दसैँमा बाग्लुङमा सांस्कृतिक कार्यक्रम हुने
SamacharDesk – बिजयरत्न | २०८० फाल्गुण २८, सोमबार

चितवनबाट संचालनमा रहेको लक्की मिडिया हाउसले बाग्लुङमा यस वर्षको चैत दसैँको अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले ‘मौलिक लोक संस्कृतिको पहिचान, स्रष्टालाई प्रोत्साहन र सम्मान’ का लागि मेलाको आयोजना गरिएको बताए ।
चैत दसैँ मेलामा आयोजना गरिने सांस्कृतिक कार्यक्रमलाई सफल पार्नका लागि मिडिया हाउसले चितवनबाट भेटघाट तथा अन्तक्रिया कार्यक्रम गर्न लागेको कार्कीले जानकारी दिए ।
‘बाग्लुङमा चैत दसैँको अवसरमा आयोजना गरिने लक्की सांस्कृतिक कार्यक्रममा आउने दर्शकहरुले निःशुल्क प्रवेश पाउनेछन् । अबको केही दिनमा चितवनमा औपचारिक कार्यक्रम गर्दै भेटघाट तथा अन्तरक्रियाको सुरुआत गरिनेछ’ कार्कीले जानकारी दिए ।
लोक संस्कृतिसँग सम्बन्धित एवं गीत तथा संगीतको क्षेत्रमा सक्रिय विभिन्न व्यक्ति तथा संघसंस्थासँग भेटघाट गरेर अन्तरक्रिया गर्न लागिएको कार्कीको भनाइ छ ।
भेटघाटको क्रममा बाग्लुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको पर्यटन प्रवर्ध्दन, संस्कृतिको संरक्षण तथा परम्पराको निरन्तरता दिने विषयमा समेत अन्तरक्रिया गरिने उनले भने ।
लक्की सांस्कृतिक कार्यक्रमको प्रचारका लागि चितवनबाट सुरु हुने भेटघाट तथा अन्तरक्रिया काठमाडौँ, पोखरा, बाग्लुङ, बेनीलगायत देशका मुख्य ठाउँहरुमा हुने कार्कीको भनाई छ ।
Categorized in पेजथ्री